१ भदौ, काठमाडौं ।
नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ ।
मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपालसहितका १४ जनालाई सांसद र पार्टीको साधारण सदस्य नरहने गरि निष्काशन गरेको हो।
उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाइएको एमाले स्रोतले बताएको छ । यसबारे निर्वाचन आयोगमा समेत जानकारी गराइएको स्रोतले जनाएको छ ।
कारबाही गरिएका सांसदहरुमा नेता नेपालसँगै मुकुन्द न्यौपोन, रामकुमारी झाक्री, विरोध खतिवडा, मेटमणी चौधरी लगायत छन् ।
यी हुन् कारवाहीमा पर्ने सांसद
१. माधव नेपाल
२. जीवनराम श्रेष्ठ
३. मुकुन्द न्यौपाने
४. रामकुमारी झाँक्री
५. कल्याणी खड्का
६. लक्ष्मीकुमारी चौधरी
७. निरादेवी जैरु
८. पुष्पाकुमारी कर्ण
९. सरला यादव
१०. कलिला खातुन
११. विरोध खतिवडा
१२. कृष्णलाल महर्जन
१३. भवानी खापुङ
१४. मेटमणी चौधरी