१ भदौँ, धनगढी ।
प्रधानमन्त्री शेरबहादुर देउवा र डा. गोविन्द केसीबीच भेटवार्ता भएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा प्रधामन्त्री देउवा र डा.केसीबीच भेटवार्ता भएको हो ।
स्वास्थ्य राज्यमन्त्रीबाट उमेश श्रेष्ठलाई हटाउनुपर्ने लगायतका पाँचबुँदे माग अघि सार्दै अनसनकाे चेतावनी दिएका डा. केसीसँग प्रधानमन्त्रीले वार्ता गर्न बालुवाटार बाेलाएका थिए ।
केसीले भदौ ३ गतेसम्मको अल्टिमेटम दिएका थिए । उनको अल्टिमेटम सकिन दुई दिन बाँकी छ ।