जसपाका केन्द्रीय सदस्यको सपथ पछि निर्वाचन आयोगमा पठाइयो नाम

३२ साउन ७८, मंगलबार

१ भदौ, काठमाडौँ ।
निर्वाचन आयोगबाट आधिकारिता पाएको जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन । मंगलबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रिय कार्य समितिको प्रथम बैठकमा अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

पार्टी नेता प्रमोद साहले केन्द्रिय कार्य समितिको बैठकको सुरुमै पार्टी केन्द्रीय सदस्यहरुलाई सपथ ग्रहण गराइएको जानकारी दिए । उनले भने, ‘पार्टीका केन्द्रीय सदस्यहरुको विवरण निर्वाचन आयोगमा पठाउने काम गरिएको छ । ती केन्द्रीय सदस्यहरुलाई सपथ ग्रहण गराइयो । पार्टीको सिद्धान्त, नीति, निमय अनुसार चल्नलाई केन्द्रिय सदस्यहरुलाई सपथ गराइएको हो ।’

२ दिनसम्म चल्ने केन्द्रीय कार्य समितिको बैठकमा नेता राजेन्द्र श्रेष्ठले पार्टीको आगामी कार्यदिशाबारे प्रतिवेदन पेश गरेका छन् भने अर्का नेता मृग्रेन्द्रसिंह यादवले पार्टीको संगठन सुदृढीकरण सम्बन्धि प्रतिवेदन पेश गरेका छन्। दुवै नेताहरुको प्रतिवेदनमाथि केन्द्रित रहेर नेताहरुले आ–आफनो धारणा राख्नेछन् । बैठकमा प्रदेश कमिटीको नेताहरुले पनि पार्टीको कार्यदिशा र संगठन सृदृढीकरणका विषयमा आ–आफ्नो धारणा राख्नेछन । नेता साहले पार्टीको तल्लो तहसम्मको संगठन सुदृढीकरणका लागि ठोस धारणा तय गर्न पनि केन्द्रीय कार्य समितिको बैठक बोलाउनु परेको स्पष्ट पारे । पार्टीको भावी कार्यदिशाका विषयमा नेताहरुबीच गहन छलफल हुने पनि जनता समाजवादी पार्टी, नेपालले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top