नेपाल पक्षलाई माफी नदिने एमालेको निणर्य

१ भदाै, काठमाडाैँ ।

Advertisement

नेकपा एमालेको केपी शर्मा ओली पक्षका सांसदहरुले माधव नेपाल पक्षलाई माफी नदिने बताएको छ ।

मंगलवार काठमाडौंमा बसेको अनौपचारिक छलफलपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रिय सभा सदस्य सुमन प्याकुरेलले दलीय व्यवस्थामा दलको अनुशासन र ह्वीप उल्लंघन गर्नेलाई माफी दिन नसकिने बताएका हुन्। सांसद प्याकुरेलले सरकारले जारी गरेको पार्टी विघटन सम्बन्धी अध्यादेश बहुदलीय व्यवस्थाको इथिक्सबाहिर भएकोले त्यसलाई बिरोध गर्ने बताए ।

Advertisement

उनले भने, “दलीय व्यवस्थामा दलको अनुशासन र ह्वीप उल्लंघन गर्ने कुरालाई माफी दिन सकिएन, पार्टी भित्रको कारबाहीको कुरा स्वभाविक हो, पार्टी बिरोधी गतिविधि गर्नेहरुलाई पार्टीले कारबाही गरेर अगाडि बढ्छ, पार्टी अबचुप लाग्दैन, पार्टीले कारबाही अगाडि बढाउनुपर्छ, पार्टीको बिरुद्धका गतिविधिमा लाग्नेहरुलाई पार्टीले कारबाही गरेर अगाडि बढ्नसपर्छ भन्ने आम कार्यकर्ताको माग छ, त्यो अनुसार पार्टि अगाडि बढ्छ ।”

उनले जारी अध्यादेश एमालेलाई टेक डाउन गर्नका लागि ल्याइएको आरोप समेत लगाए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top