तालिबानसँगको वार्ताका लागि गुल्बुद्दिन दोहा जाने तयारी

२ भदाै, एजेन्सी ।

अफगानिस्तानको सत्ता हस्तान्तरण प्रक्रियालाई शान्तिपूर्ण बनाउनका लागि गठन भएको समन्वयात्मक परिषद्का सदस्यहरु तालिबानका नेतासँगको छलफलका लागि दोहा जाने भएका छन् ।

परिषद्का सदस्य इस्लामिक पार्टीका नेता गुल्बुद्दिन हेक्मात्यारले मङ्गलवार आफूहरू दोहा जान लागेको अल जजिराले जनाएको छ । राष्ट्रपति अशरफ गनी देश छाडेर गएपछि पूर्व राष्ट्रपति हामिद कारजाईको अगुवाईमा तालिबानसँगको शान्ति वार्ताको नेतृत्व गरेको राजनीतिज्ञ अब्दुल्लाह अब्दुल्लाह र गुल्बुद्दिन हेक्मात्यार रहेको परिषद गठन भएको हो । राष्ट्रपति गनीले देश छोडेर ठूलो खाडल सिर्जना गरेको कारजाइले बताए ।

राष्ट्रपति गनीले देश छोडेको थाहा पाउने बित्तिकै आफूले पूर्व नेताहरुसँग छलफल गरेको र अव्यवस्था आउन नदिनका लागि के गर्न सकिन्छ भन्ने बारेमा कुरा गरिएको उनले उल्लेख गरे ।

आइतबार तालिबानले अफगानिस्तानको राजधानी काबुलमा नियन्त्रण कायम गरेको थियोे । अफगानिस्तानमा २० वर्षपछि तालिबान समूहको सत्तामा फर्किँदै छ । अमेरिकाले आफ्ना सैनिक पूर्ण रुपमा फिर्ता लैजाने निर्णय गरि सो अनुसार प्रक्रिया थालेको डेढ महिना भित्रै तालिबानले अफगान देशमा आफ्नो नियन्त्रण कायम गरेको हो ।

आइतबार बेलुका तालिबान लडाकु राष्ट्रपति कार्यालयमा गएका थिए । तालिबानले नागरिकको ज्यानमा जोखिम नरहेको बताए पनि त्रास अत्यधिक मात्रामा बढेको छ । विशेषगरि महिलाको अधिकारका क्षेत्रमा भएको प्रगति पुनः कमजोर बन्ने भन्दै चासो र चिन्ता व्यक्त गरिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top