माधव नेपालको नयाँ पार्टी : नाम नेकपा एमाले समाजवादी, चुनाव चिह्न खुला पुस्तक

२ भदाै, काठमाडौं ।

Advertisement

नेकपा एमालेकाे वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ पार्टी खाेल्ने भएकाे छ । पार्टीकाे नाम र चुनाव चिह्न समेत टुंगो लगाइएकाे एक केन्द्रीय सदस्यले बताए।

उनले भने, ‘धेरै थरी सुझाव आएको छ। तर हामीले पार्टीको नाम नेकपा एमाले समाजवादी रहने टुंगो लगाएका छौं। चुनाव चिह्न पनि खुला किताब राख्ने निर्णय गरेका छौं ।’

Advertisement

नेपाल पक्ष याे नाम र चिह्न लिएर निर्वाचन आयाेग जाने तयारीमा छ। सरकारले पार्टी विभाजनका लागि सहजीकरण गर्न मंगलबार अध्यादेश सिफारिस गरेको थियो। राष्ट्रपतिले साे राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरिसकेकी छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top