अध्यादेश जारी भएलगत्तै अर्याल होटेलमा माधव समुहकाे निर्णायक बैठक शुरू

२ भदाै, काठमाडौं ।

Advertisement

राष्ट्रपतिले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै नेकपा एमालेकाे वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष निर्णायक छलफलमा जुटेको छ ।

नयाँ दल दर्ता लागि सबै तयारी पूरा गरेको नेपाल समूहले बानेश्वरस्थित अर्याल होटेलमा निर्णायक बैठकका लागि केन्द्रीय सदस्य र सांसदहरू भेला गरेकाे छ । बैठकपछि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा जाने नेपाल समूहको तयारी छ ।

Advertisement

राष्ट्रपतिबाट अध्यादेश जारी हुनेबित्तिकै माधव नेपाल बैठक स्थलामा आएका छन् । उनी आएसँगै बैठक शुरू भएको छ ।

 एक नेताका अनुसार पार्टीको नाम नेकपा एमाले (समाजवादी) लगभग फाइनल भएकाे छ भने चुनाव चिन्ह कलम, हँसिया हथौडा वा कुनै रूपमा सूर्यको विकल्पमा छलफल भइरहेको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top