सुरु भयो स्मार्ट लकडाउनको तयारी

२ भदौ ७८, बुधबार

२ भदाै, काठमाडौं।

Advertisement

नेपालमा कोरोनाभाइरस सङ्क्रमण बढेसँगै स्मार्ट लकडाउनको तयारी गरिएको कोभिड-१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन निर्देशक समिति सीसीएमसीले जनाएको छ ।

सङ्क्रमण नियन्त्रण गर्न र अर्थतन्त्रलाई चलायमान राख्न प्रभावकारी रणनीति अपनाउँदै स्मार्ट लकडाउनको अवधारणा कार्यान्वयनमा ल्याउन लागेको जनाइएकाे छ। सङ्क्रमण दरलाई हरेर आवश्यकता अनुरूप नियम लागू गरिने योजना सीसीएमसीले बनाएको छ।

Advertisement

स्मार्ट लकडाउनमा सबै क्षेत्र ठप्प नपारी कोरोनाभाइरसको सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन अघि सारिएको पछिल्लो अवधारणा हो। यसमा सङ्क्रमणको जोखिम र प्रभावलाई हेरेर निषेधाज्ञामा कडाइ या खुकुलो गरिने सीसीएमसीले जनाएको छ। यसको जिम्मेवारी स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई दिइएको छ।

भदौ ८ गतेपछि मात्र स्मार्ट लकडाउनको बारेमा तय हुने पनि सीसीएमसीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top