राष्ट्रिय झण्डासहित प्रदर्शनमा उत्रिएकामाथि तालिबानले गोली चलायाे: ३ जनाको मृत्यु, ७ घाइते

२ साउन, काठमाडौं।

Advertisement

अफगानिस्तानको जलालबादमा राष्ट्रिय झण्डाको समर्थनमा उत्रिएका प्रदर्शनकारीमाथि तालिबानले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ। गाेली लागेर अन्य सात जना घाइते भएका छन्।

बुधबार अफगानिस्तानको केन्द्रीय राजधानी काबुलबाट करिब १५० किलोमिटर पूर्वमा रहेको जलालबादको कार्यालयहरुमा तालिबानको सट्टामा राष्ट्रिय झण्डा राख्नुपर्ने माग गर्दै प्रदर्शन भएको थियो। तर, प्रदर्शनमा उत्रिएकामाथि तालिबानका लडाकूले गोली चलाएको स्थानीय अलजजिराले जनाएको छ।

Advertisement

सामाजिक सञ्जालमा पोस्ट भिडियोमा सयभन्दा धेरै मानिसहरु राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा उत्रिएको देख्न सकिन्छ।आन्दोलनको कभरेज गरिहेका सञ्चारकर्मीलाई पनि तालिबानका लडाकूले कुटपिट गरेका थिए।

अगष्ट १५ मा तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएपछि पहिलोपटक तालिबानविरुद्ध अफगानिस्तानमा प्रदर्शन भएको हो।

Advertisement

अलजजिराका सञ्चारकर्मी चार्लोट बेलिसले भन्छन्,‘ तालिबान विरोधी प्रदर्शन जलालाबादभन्दा बाहिर धेरै अन्य प्रान्तहरुसम्म फैलिएको छ। राष्ट्रिय झण्डा हटाइएको र तालिबानको झण्डा राखिएकोमा धेरै नागरिकहरु दुखी छन्।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top