एमाले समाजवादी पार्टीको सनाखत हुनासाथ मन्त्रिपरिषद् विस्तार : प्रचण्ड

३ भदौ, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपालकाे नेकपा एमाले समाजवादी दर्ता हुनासाथ मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

बिहीबार समाजवादी केन्द्रद्वारा आयोजित ‘एक्काइसौं शताब्दीको मार्क्सवाद र समाजवाद’ नामक कार्यक्रममा बोल्दै उनले दल दर्ताको सनाखत हुनासाथ एकै दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिइने बताएका हुन् ।

उनले भने,  ‘हिजोबाट नयाँ परिस्थिति बनेको छ। आज बिहानमात्रै हामी प्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल र म बसेका थियौं। अब मन्त्रिपरिषद् विस्तार गर्न ढिला गर्न हुँदैन, तुरुन्तै टुंग्याउनुपर्छ भनेर समझदारी बनेको छ। यो दर्ता भएको पार्टीको सनाखत हुने बित्तिकै एकै दिनमा मन्त्रिपरिषद् विस्तारलाई टुंग्याउनुपर्ने कुरा भएको छ ।’

एमाले नेता माधवकुमार नेपालले बुधबार मात्र एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । तर राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली नबनेका कारण नेताहरुको सनाखत हुन बाँकी छ ।

त्यस्तै प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश लोकतन्त्र. संविधान र गणतन्त्र सिध्याउन आएको तर अहिलेको सरकारले ल्याएको अध्यादेश ती कुरालाई जोगाउने भएको बताए । ‘यी दुइटा कुरामा आकाश जमिनको फरक छ,’ उनले भने।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top