सभामुखसँग एमाले अध्यक्ष ओलीको आक्रोश : संसद चलाउनु छ कि छैन ?

३ भदौ ७८, बिहीबार
Share this
690shares

३ भदौ, काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल लगायत १४ सांसदलाई कारवाही नगरे सभामुख अग्नि सापकोटालाई काम गर्न नदिने चेतावनी दिएका छन्।

Advertisement

बिहीबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा ओलीले सभामुखले माओवादी कार्यकर्ता भएर एमाले फुटाउने षड्यन्त्रमा सामेल भएको आरोप लगाएका छन्।

उनले भने ‘उहाँ के पर्खिरहनु भएको छ, उहाँले ठान्नु भएको होला उहाँले नसुनाएसम्म पद कायमै रहन्छ। र त्यो कायमै रहेको एमाले विरोधी मान्छे संसदमा उपस्थित गराउने। अग्नि सापकोटालाई म सोध्न चाहान्छु। संसद चलाउनु छ कि छैन उहाँलाई?’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top