गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न आग्रह

३ भदाै, बेलायत ।

गैरआवासीय नेपाली सङ्घ युकेले आन्दोलनरत अवकाशप्राप्त ब्रिटिश गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । सोमबार ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई ज्ञापनपत्र बुझाएको एनआरएन युकेले मङ्गलबार लण्डनस्थित नेपाली राजदूतावासमार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र पठाउँदै अवकाशप्राप्त ब्रिटिश गोर्खा सैनिकको समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गरेको हो ।

गोर्खा विभाग प्रमुखसमेत रहेका गैरआवासीय युकेका अध्यक्ष प्रेम गाहामगरले बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा भनिएको छ, “नेपाल सरकार गोर्खा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न प्रतिबद्ध रहेको र यससम्बन्धी कूटनीतिक प्रक्रिया पनि सुरु गरिसकेको भन्ने मन्त्रिपरिषद्को १६ अगष्टको निर्णयलाई हामीले सकारात्मक रूपमा लिएका छौँ । हामी नेपाल सरकारलाई ठोस योजनासहित यो समस्याको दीर्घकालीन समधानका लागि तत्काल पहल गर्न अपिल गर्दछौँ ।”

Advertisement

एनआरएनए युकेले तीन महिना अगाडि बेलायतस्थित ब्रिटिश गोर्खा सैनिक सम्बद्ध विभिन्न पाँच संस्थाको सहभागितामा नेपाल सरकारलाई प्राविधिक समितिको सिफारिस कार्यान्वयनका लागि वार्ता टोली गठनको माग गर्दै पत्र पठाएको थियो । सोही समयमा बेलायती प्रधानमन्त्रीलाई पनि पत्र पठाइएको थियो । बेलायत सरकारका तर्फबाट रक्षा मन्त्रालयले ११ मे २०२१ मा जवाफ पठाएको पनि थियो ।

बेलायती रक्षा मन्त्रालयले एनआरएनलाई लेखेको जवाफी पत्रसमेत संलग्न गरेर ज्ञापनपत्र पठाइएको हो । “अगष्ट ७, २०२१ देखि तीन जना अभियानकर्मीले आमरण अनशन सुरु गर्नुभएको छ । दिनप्रतिदिन उहाँहरुको स्वास्थ्य कमजोर बन्दै गएको छ । हामी उहाँहरुको जीवन रक्षाबारे अत्यन्त चिन्तित छौँ”, पत्रमा उल्लेख गरिएको छ । “लामो समयसम्म बल्झिरहेको सेवानिवृत्त ब्रिटिश गोर्खा सैनिकका समस्यामा केन्द्रित रहेर संयुक्त प्राविधिक समितिमा लामो समयसम्म गरिएको छलफलको निष्कर्षको रुपमा २०१८ मार्चमा अन्तिम रुप दिइएको १३ बुँदे प्रतिवेदनलाई अविलम्ब कार्यान्वयन गर्न बेलायत सरकारसँग कूटनीतिक पहल गरी समस्या समाधान गर्न एनआरएनए युके जोडदार माग गर्दछ”, अध्यक्ष गाहामगरद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपत्रमा गोर्खा समस्याको दिगो र स्थायी समाधानका लागि तत्काल एक उच्चस्तरीय वार्ता समिति गठन गरी वार्ताको मिति र स्थानसमेत तोक्न कूटनीतिक पहल गर्न पनि माग गरिएको छ । ज्ञापनपत्रमा नेपाली दूतावासबाट प्रदान गरिने राहदानी नवीकरण, एमआरपी, भिसा थपजस्ता सेवा नियमितरूपमा घुम्ती सेवामार्फत स्कटल्यान्डमा पनि उपलब्ध गराउने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।रासस

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top