व्यावसायिक केराखेतीमा डढुवा र गबारोको प्रकोप

३ भदौ ७८, शुक्रबार

४ भदौ, गलेश्वर ।

यहाँ व्यावसायिकरूपमा लगाइएको केराखेतीमा रोग र किराको प्रकोप देखिन थालेको छ ।

बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित खबरा, बगरफाँट, मङ्गला र मालिकाका विभिन्न स्थानमा गरिएको केराखेतीमा डढुवा, गबारो र खपटे घुन नामक रोगको प्रकोप देखिएको हो ।

व्यावसायिकरूपमा गरिएको केराखेतीमा रोगको प्रकोप देखिएपछि कृषक चिन्तित भएका हुन् । केरा उत्पादनको पकेट क्षेत्र मानिने खबरा गाउँमा खपटे घुनले सयौँ रोपनी क्षेत्रफलमा लगाइएका केराका बोट सुक्न थालेका छन् । केराखेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका खबराका कृषकका केराका बोट नपसाउँदै सुक्न थालेपछि चिन्तित बनाएको हो ।

करिब १५ रोपनीको जग्गामा व्यावसायिक केराखेती गरेका खबराका कृषक राजकुमार घिमिरेले व्यावसायिक केराखेतीमा रोग र किराको प्रकोप देखिएपछि समस्या भएको गुनासो गरे ।

उनले डढुवा, गबारो, खपटे घुनको प्रकोपबाट पसाएका केरामा दाग देखिने, केराका बोट सुक्दै जाने, पहेँलो हुने, बोट ढल्ने र उत्पादन पनि घट्दै गएपछि पेशा नै सङ्कटमा पर्न थालेको बताए ।

खबराका सिङ्गो गाउँका कृषक नै केराखेतीमा संलग्न छन् । सुरुआतमा सामान्य देखिए पनि केही समयपछि भने खेतीमा ठूलो क्षति पुर्याएको उनले जानकारी दिए ।

कूल २२० घरधुरी रहेको खबराका अधिकांश कृषक व्यावसायिक केराखेतीमा संलग्न छन् । वर्षेनी केराखेतीतर्फ खबराका कृषकको आकर्षण बढ्दै जान थालेको छ ।

यस वर्ष कोरोना भाइरसका कारण जारी लकडाउन र सलह जातको किराले दुःख दिएको अवस्थामा केराखेतीमा फेरि रोगको प्रकोप देखिएपछि कृषक थप चिन्तित बनेका हुन् । खबरामा हजारिया जातको केराको उत्पादन अत्यधिक हुन्छ । यसका साथै नङ्ग्रे, मालुङ्गे, धुर्सेजस्ता केराको उत्पादन हुने गरेको कृषक बताउँछन् ।

खबरामा व्यावसायिक केराखेतीसँगै किबी, अम्बा, कटहर, कागतीलगायत फलफूलको उत्पादन हुँदै आएको छ । यस वर्ष केराखेतीमा रोगको प्रकोप देखिएकाले कृषक समस्यामा परेको खबराका अर्का कृषक भूमिराज घिमिरेले बताए ।

यहाँका कृषकले व्यावसायिकरूपमा केरा तथा फलफूल खेती गरेका कृषकलाई वडा, नगरपालिका र सम्बन्धित निकायले आवश्यक सहयोग गर्नुपर्ने माग गरेका छन् । रासस

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top