अफगानिस्तानमा रहेका ३ सय जनाले भरे स्वदेश फिर्तीको विवरण

४ भदौ ७८, शुक्रबार
Share this
676shares

४ भदौ, काठमाडौं ।

Advertisement

अफगानिस्तानमा रहेका नेपालीमध्ये अहिलेसम्म कुल ३ सय जनाले आफूहरु स्वदेश फर्कन चाहेको भन्दै विवरण टिपाएका छन् ।

कन्सुलर सेवा विभागको वेब पोर्टलमा हिजो बेलुकासम्म यस सङ्ख्याका नेपालीले आफ्नो विवरण टिपाएका जानकारी दिएको छ।

Advertisement

यसैगरी परराष्ट्र मन्त्रालयको शिष्टाचार महाशाखाअन्तर्गत नायब शिष्टाचार महापालको नेतृत्वमा रहेको ‘सिच्युसन रुम’ मा तोकिएका मोबाइल नम्बर तथा इमेल ठेगानामा हिजो बेलुका ५ बजेसम्म ४२ जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् ।

त्यसमा कतिपयको नाम र राहदानी नम्बर दोहोरिएको छ भने कतिपयको एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको छ । कतिपयको उद्धार भइ सुरक्षित गन्तव्यमा पुगिसकेकाले रुजु गरि बाँकीको उद्धारका लागि काबुलबाट उद्धार उडान गरिरहेका मित्रराष्ट्रसँग सहकार्य र समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार हिजो जजिरा एयरको कुबेत काठमाण्डौ उडानबाट थप आठ जनासमेत गरि २९६ जना नेपाली अफगानिस्तानबाट उद्धार भइ काठमाण्डौ आइपुगेका छन् ।

नेपाल आइपुगेका नागरिकको अध्यागमनलगायतका आवश्यक प्रक्रिया पूरा गरि सीसीएमसीको समन्वयमा उनीहरुलाई सामाखुसीमा रहेको सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा राखिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top