भन्सार छलेर ल्याएको साढे ४ लाख बराबरको औषधि बरामद

३ भदौ ७८, शुक्रबार

४ भदौ , झापा ।

Advertisement

सशस्त्र प्रहरीको टोलीले झापा जिल्लाको मेचीनगर नगरपालिका–६ मेचीस्थित सीमा ईलाका भन्सार छलेर ल्याएको साढे ४ लाख बराबरको औषधि बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अनुसार बिहीबार करिब ४ लाख ४४ हजार रुपैयाँ बराबरको ओरियन्स कम्पनीको औषधि बरामद गरिएको हो ।

Advertisement

सशस्त्र प्रहरी बलको बिओपी काँकडभिट्टाबाट खटिएको टोलीले भारतबाट ल्याएको सो औषधी बरामद गरेको हो । बरामद औषधी भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top