दल दर्ताका लागि अनुसूची भर्न नेपाल र ठाकुर पक्षलाई निर्वाचन आयोगको आग्रह

४ भदाै, काठमाडौं।

निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुर पक्षलाई राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को संशोधित नियमावली अनुसार अनुसूची भर्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवै दल दर्ताका लागि निवेदन दिएका नेताहरुलाई अनुसूची अनुरुपको फारम उपलब्ध गराइएको जानकारी दिए। उनले संशोधित नियमावली अनुरुपको फारम उपलब्ध गराइएको र अनुसूचीमा उल्लेख विषयवस्तु भरेर आएपछि राजनीतिक दल दर्ताका लागि सनाखत शुरु हुने बताए।

बुधबार नेपाल समूहले नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुरले जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रित) दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।

मन्त्रिपरिषद्को बैठकबाट सिफारिस राजनीति दलसम्बनधी (दोस्रो संशोधन) अध्यादेश २०७८ राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार जारी गरेकी थिइन् । उक्त अध्यादेश अनुरुप आयोगले बिहीबार राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम पाँचमा संशोधन गरेर कार्यविधि तयार पारि आवश्यक सम्पादनसहित राजपत्रमा प्रकाशित भएकाे छ ।

प्रवक्ता श्रेष्ठका अनुसार मन्त्रालयले आवश्यक सम्पादनपछि राजपत्रमा सूचना प्रकाशित गरेर शुक्रबार त्यही कार्यविधि अनुरुपको फारम भर्न भन्दै आयोगले दल दर्ताका लागि निवेदन दिएका नेपाल पक्ष र ठाकुर पक्षलाई उपलब्ध गराइएको हो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top