४ भदौ, काठमाडौं ।
एमालेबाट विभाजित भएको माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाम फेरिएको छ । अब पार्टीको नाम नेकपा (एकिकृत समाजवादी) प्रस्ताव गरिएको छ ।
बुधबार मात्र नेकपा एमालेबाट अलग भएको नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताए ।
राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली अनुसार शुक्रबार नयाँ निवेदन दिँदा नाम पनि फेरिएको छ । त्यस्तै ९५ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरेर ११५ पु¥याइएको छ । चुनाव चिन्ह भने तय भएको छैन । आयोगले दर्ता प्रमाण पत्र दिँदा चिन्हको टुंगो लगाउने एक नेताले जानकारी दिए ।