नर्सिङ शिक्षामा शुल्क बृद्धि: संचालकले मन्त्री भेटेपछि चलखेल तीव्र !

२४ असार ७५, सोमबार

विराटनगर,असार २५

Advertisement

निजी नर्सिङ शिक्षण संस्थाको दवावमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले नर्सिङ शिक्षाको शुल्क वृद्धी गर्ने तयारी गरेका छन्। आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

नर्सिङ विषय अध्ययन गर्ने संस्थाले भर्ना खोलिसकेको अवस्थामा मन्त्री पोखरेलले शुल्क वृद्धी गर्ने तयारी गरेका हुन्।सरकारद्धारा गठित प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद अन्तर्गत संचालित कार्यक्रमको शुल्क निर्धारण तथा छात्रवृतीमा अध्ययन गरेका विद्यार्थीलाई सेवामा लगाउने आधार सम्बन्धी समितिले सिफारिस गरेको डेढ महिनासम्म प्रतिवेदन नबुझेका मन्त्री पोखरेलले भर्ना खोले लगत्तै प्रतिवेदन बुझेर शुल्क वृद्धी गर्न लागेका हुन्।

Advertisement

शिक्षा विभागका निर्देशक दीपक शर्माको संयोजकत्वमा गत बैशाखमा गठित समितिले जेठमा प्रतिवेदन तयार गरेको थियो ।समितिले पटक पटक आग्रह गर्दा समेत समय नभएको भन्दै वेवास्ता गरेका मन्त्री पोखरेलले भर्ना खुले लगतै असार १९ गते प्रतिवेदन बुझेका थिए । नौ सदस्यीय समितिमा रहेका अभिभावक संघ नेपाल र राष्ट्रिय अभिभावक संघले विद्यार्थीलाई थप भार पर्ने जनाउदै नोट अफ डिसेन्ट लेखेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top