पाकिस्तानमा चिनियाँ इन्जिनियर र कर्मचारी लक्षित आत्मघाती बम विस्फोट, दुई जनाको मृत्यु

५ भदौ , एजेन्सी ।

Advertisement

पाकिस्तानको बलुचिस्तानको तटीय शहर ग्वादरमा भएको एक बम विस्फोटमा कम्तिमा दुई बालबालिकाको मृत्यु भएको छ र अन्य दुईजना घाइते भएका छन्।

शुक्रबार भएको उक्त विस्फोट चिनियाँ इन्जिनियर र कमर्चारीमाथि लक्षित रहेको बीबीसीले जनाएको छ। पाकिस्तानका विदेश मन्त्रालयका अनुसार विस्फोट आत्मघाती थियो। जसमा एक चिनियाँ नागरिक घाइते भएका छन्।

Advertisement

ग्वादर प्रशासनका एक अधिकारीले बीबीसीसँग बताए अनुसार विस्फोट नगौरी वार्डको क्षेत्रमा निर्माणाधीन एक्सप्रेस सडकमा भएको थियो। ग्वादर के पूर्वी तटमा यो रोड विगत तीन वर्षदेखि निर्माणाधीन छ।

पाकिस्तानी विदेश मन्त्रालयको प्रेस विज्ञप्ति अनुसार शुक्रबार राति तीन गाडीमा चिनियाँ नगरिकलाई प्रहरीको निगरानीमा लगिदै थियो। जब चिनिया नागरिकको टोली इस्ट बे एक्सप्रेस सडकस्थित माछामार्ने मानिसहरु बस्ने कोलोनी नजिक पुग्दा एक जना निस्किए र चिनियाँ नागरिकको गाडीलाई निशाना बनाउँदै कुदे।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top