साफ च्याम्पियनसिपको खेल तालिका परिवर्तन

५ भदौ ७८, आइतबार

५ भदाै, काठमाडौं।

अर्काे महिना माल्दिभ्समा आयोजना हुने १३औं संस्करणको साफ च्याम्पियनसिप तीन दिन बढी लम्बिने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार साफको समयतालिका तीन दिन बढी लम्ब्याउने निर्णय गर्दै खेल तालिका समेत परिमार्जन गरेको छ ।

हरेक खेलको बिचमा २ दिन विश्राम दिने भएपछि प्रतियोगिता लम्बिएको हो । ५ राष्ट्रको सहभागिता रहने साफ च्याम्पियनसिप नयाँ तालिका अनुसार साफ च्याम्पियनसिप १ देखि १६ अक्टोवर (१६ देखि ३० असोज) सम्म माल्दिभ्सको मालेका आयोजना हुनेछ ।

नेपालले आयोजक समेत रहेको साविक विजेता माल्दिभ्ससँग १५ असोजमा खेल्दै यसपटकको साफ च्याम्पियनसिप सुरुवात गर्नेछ । नेपालले आफ्नो दोस्रो खेल श्रीलंकाविरुद्ध १८ असोजमा खेल्नेछ । त्यस्तै तेस्रो खेल नेपाली टोली साफको सर्वाधिक सफल टोली भारतसँग २४ असोजमा तथा राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले २७ असोजमा बंगलादेशसँग खेल्नेछ । यसअघि नेपालले १७, २२ र २५ गते राउन्ड रोविनको तथा फाइनल २७ असोजमा हुने तालिका निकालेको थियो । अब फाइनल ३० असोजमा हुनेछ । राउन्ड रोविन लिगको शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन् ।

नेपाली टोलीले अहिलेसम्म साफको सेमिफाइनल पार गर्न सकेको छैन । यतिबेला नेपाली टोली साफ च्याम्पियनसिपको तयारीका क्रममा पोखरामा प्रशिक्षणरत रहेको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपको तयारीमा रहेको टोलीबाट गत सोमबार मात्र तेस्रो चरणमा २८ खेलाडी छनोट गरेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top