विराटनगर,असार २५
क्यानडामा जारी ग्लोबल टि–२० अन्तर्गत मोन्ट्रियाल टाइगर्स र टोरन्टो नसनल्सको रोमाञ्चक खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले ४ ओभर बलिङ गर्दैे ३४ खर्चे २ विकेट लिए ।
सन्दीपको उत्कृष्ट प्रदर्शन बावजुद उनको टोली टोरन्टो नसनल्ससँग १ विकेटले पराजित हुन पुग्यो ।पहिले ब्याटिङ गरेको मोन्ट्रियाल टाइगर्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७६ रन बनायो । जवाफमा टोरन्टोले पुरा २० ओभर खेल्दै १ सय ७९ रन जोडेको हो ।
अन्तिम बलमा २ रन चाहिएको टोरन्टोले अन्तिम बलमा चौका प्रहार गर्दै जित हांसिल गर्न पुग्यो ।आफूले खेलेका अघिल्ला ३ खेलमा पनि सन्दीपले १–१ विकेट लिएका थिए । प्रतियोगितामा लगातार उत्कृष्ट प्रदर्शन गरेका सन्दीप १ खेल कम खेलेर पनि प्रतियोगितामा सर्वाधिक विकेट लिने सुचीमा १० औं स्थानमा रहेका छन् ।