बारामा दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जनाको ज्यान गयो

६ भदौ ७८, आइतबार
Share this
710shares

६ भदौ, काठमाडौ ।

Advertisement

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ टागियामा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ।

गएराति साढे १० बजे दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जनाको ज्यान गएको प्रहरीले जनाएको हो।

Advertisement

प्रदेश २, ०३–००२ प ५३ ३५ नम्बरको मोटरसाइकल र बा ६५ प २७ ५६ नम्बरको मोटरसाइकल ठोक्किँदा दुवै मोटरसाइकलका चालक नुवाकोटका ४० वर्षीय टुलुराज तामाङ र बाराको निजगढ नगरपालिका–९ का १६ वर्षीय विकास साहको ज्यान गएको हो ।

यस्तै, ५३३५ नम्बरको मोटरसाइकलको पछाडि बस्ने ३५ वर्षीया सुनैना देवी साहको पनि ज्यान गएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top