देशका धेरै ठाउँमा वर्षा : केही दिन हल्कादेखि मध्यम खालको पानी पर्ने

६ भदौ, काठमाडौ ।

Advertisement

देशका धेरै ठाउँमा पानी परेको छ । मनसुनी गतिविधि सक्रिय नै रहेकाले गएको २४ घण्टामा सातै प्रदेशमा हल्कादेखि मध्यम खालको पानी परेको छ ।

अहिले भने वाग्मती प्रदेश र प्रदेश नम्बर १ मा पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । उनका अनुसार आज दिउँसो वाग्मती, गण्डकी प्रदेशसहित प्रदेश–१ का धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने उनले बताए । राति भने प्रदेश–१ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

Advertisement

मौसमविद्ले अबको केही दिन देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top