सभामुखलाई निर्वाचन आयोगको पत्र

६ भदौ, काठमाडौँ ।

Advertisement

नेपालको लोकतान्त्रिक आन्दोलनमा ठूलो बलिदान दिएका राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजन प्रकरणमा निर्वाचन आयोगले सभामुखलाई पत्र पठाएको छ ।

तत्कालिन एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल र जसपाका नेता महन्थ ठाकुरले पार्टीबाट २० प्रतिशत सदस्य संख्या लिएर बेग्लाबेग्लै दल दर्ताका लागि निवेदन दिएपछि आयोगले निवेदनमा उल्लेखित सदस्यहरु सम्बन्धित दलका हुन् कि होइनन् भनेर सभामुख अग्निप्रसाद सापकोटालाई सोधेको हो । निर्वाचन आयोगका एक अधिकारीका अनुसार सभामुखलाई पत्र पठाइसकेको र जवाफ आएपछि दल दर्ता प्रक्रिया अघि बढ्नेछ ।

Advertisement

माधव नेपालको अध्यक्षतामा गठन भएको एमाले(समाजवादी) मा ९५ सदस्यीय केन्द्रीय समिति रहेका छन् भने झलनाथ खनाल बरिष्ठ नेता छन् । त्यस्तै, अध्यक्षमा महन्थ ठाकुरले निवेदन पेस गरेको समाजवादी पार्टी नेपाल(लोकतान्त्रिक)मा वरिष्ठ नेता राजेन्द्र महतो रहेका छन् भने दलमा २४ सदस्यीय कार्यकारिणी समिति छ ।

आयोगले बुधबार दल दर्ताको सनाखतका लागि नेपाल पक्ष र ठाकुर पक्षलाई बोलाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top