जुम्लाका स्थानीय तहमध्ये सिञ्जा र तिलाको बढी बेरुजु

५ भदौ ७८, आइतबार

६ भदौ, जुम्ला ।

जुम्लाका आठवटै स्थानीय तहमध्ये सबैभन्दा बढी सिञ्जा र तिला गाउँपालिकाको बेरुजु महालेखापरीक्षकको कार्यालयले देखाएको छ । महालेखापरीक्षकको प्रतिवेदन अनुसार सिञ्जाको १९ दशमलव ०३ प्रतिशत अर्थात रु १२ करोड ६४ लाख २४ हजार बेरुजु रहेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सिञ्जापछि तिलाको बेरुजु रकम बढी छ । महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख भएअनुसार तिला गाउँपालिकाको १३ दशमलव ९१ प्रतिशत अर्थात् रु ११ करोड ७५ लाख ६९ हजार छ ।

यस्तै चन्दननाथ नगरपालिकाको छ प्रतिशत अर्थात् रु पाँच करोड ६६ लाख ८९ हजार छ । कनकासुन्दरी गाउँपालिकाको ५.०१ प्रतिशत अर्थात् रु तीन करोड ३८ लाख १२ हजार, पातारासी गाउँपालिकाको ४.९८ प्रतिशत अर्थात् रु तीन करोड ४८ लाख पाँच हजार बेरुजु देखिएको छ ।

हिमा गाउँपालिकाको १.३१ प्रतिशत अर्थात् ८४ लाख ४३ हजार, गुठीचौर गाउँपालिकाको शून्य दशमलव ८२ प्रतिशत अर्थात् रु ४५ लाख ४९ हजार र तातोपानी गाउँपालिकाको शून्य दशमलव ७३ प्रतिशत अर्थात् ४६ लाख ८५ हजार बेरुजु रहेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कनकासुन्दरी गाउँपालिकाको रु ६७ करोड ५३ लाख ४६ हजार, गुठीचौरको रु ५५ करोड ४८ लाख १० हजार, तातोपानीको रु ६३ करोड ९३ लाख आठ हजार रकम लेखा परीक्षण गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै तिला गाउँपालिकाको रु ८४ करोड ५३ लाख ७८ हजार, पातारासीको रु ६९ करोड ८३ लाख १८ हजार, सिञ्जाको रु ६६ करोड ४४ लाख ३९ हजार, हिमाको रु ६४ करोड ४९ लाख तीन हजार र चन्दननाथ नगरपालिकाको रु ९४ करोड ५५ लाख ५३ हजार रकम लेखापरीक्षण गरिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top