एमालेले भन्यो – लुम्बिनीका सभामुखले स्वेच्छाचारी र निरंकुश व्यवहार देखाए

६ भदौ ७८, आइतबार
Share this
747shares

६ भदौ , काठमाडौं ।

Advertisement

नेकपा एमालेले लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सभाको गरिमामा आँच आउने काम गरेको आरोप लगाएको छ ।

प्रदेशसभाका सांसदहरु अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने चेतावनीसमेत दिएको छ ।

Advertisement

एमालेले सांसदहरू अजय शाही र विमला वलीलाई सांसद पदमुक्त गर्नका लागि कारवाही सिफारिस गरेको थियो । तर, सभामुखले कारवाही गर्न मिल्दैन भनेपछि पत्रकार सम्मेलन गर्दै एमालेले आक्रोश पोखेको हो ।

‘सभामुखले कार्यक्षेत्र नाघेर निर्णय गर्नु कुनै संसदीय व्यवस्था अवलम्बन गरेका मुलुकले हालसम्म नअपनाएको निरंकुशतावादी चरित्र हो भन्ने हामीलाई लागेको छ,’ प्रमुख सचेतक भूमिश्वर ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,

Advertisement

‘तसर्थ प्रचलित कानून, तथ्य, संसदीय मूल्य मान्यतालगायत कुनै कुराले पनि यो क्षेत्राधिकार माननीय सभामुखलाई नदिएकोले स्वतः पद अनुकूलको आचरण नगरेको प्रष्ट हुन्छ र नैतिकताका आधारमा निज सभामुख पूर्णबहादुर घर्ती पदमा बसिरहन मिल्ने देखिँदैन ।’

सभामुखले संसदीय मूल्य मान्यता विपरीत स्वेच्छाचारी र निरंकुश व्यवहार देखाएको एमालेको आरोप छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top