काबुल विमानस्थल वरपरको अव्यस्तताका कारण सात व्यक्तिको मृत्यु

६ भदौ ७८, आइतबार
Share this
749shares

६ भदौ, एजेन्सी ।

Advertisement

काबुल विमानस्थल नजिकै भएको अव्यवस्थित भीड र भागदौडका कारण कम्तीमा सात जना अफगान नागरिकको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले आइतबार जनाएको छ ।

हजारौं मानिसले देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठूलो भीड लाग्ने गरेको र अव्यवस्थाबीच सात अफगान नागरिकले ज्यान गुमाएका छन् ।

Advertisement

मन्त्रालयका प्रवक्ताले भने, “काबुलमा भीडमासात अफगान नागरिकहरूको ज्यान गएको छ । हामी पिडित परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।”

संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रहरूले तालिबानले सत्ता कब्जामा लिएदेखि हप्तामा उद्धार उडानमा जान प्रयास गरिरहेका मानिसहरूको ठूलो संख्याको सामना गर्न संघर्ष गरिरहेका छन् ।

Advertisement

प्रवक्ताले भने, “काबुल, काबुल विमानस्थल र वरपरको अवस्था अत्यन्तैै चुनौतीपूर्ण रहेको छ तर यथासम्भव मानिसहरूको सुरक्षित व्यवस्थापन गर्न हामीले सक्दो प्रयास गरिरहेका छौं ।”

बेलायती रक्षा मन्त्री बेन वालेसले आइतबार बेलायत पत्रिका मेलसँग भने, “अगस्त ३१ को अमेरिकी समय सीमा अगाडि ‘कुनै पनि राष्ट्रले सबैलाई पूर्णतया बाहिर निकाल्न सक्दैन’।”

उनले थपे, “सायद अमेरिकीहरूलाई लामो समयसम्म रहने अनुमति दिइनेछ र उनीहरूले त्यसो गरेमा उनीहरूलाई हाम्रो पूर्ण समर्थन हुनेछ ।”

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top