उखु किसानको भुक्तानी तत्कालै उपलब्ध गराउन किसान सङ्गठनहरूको माग

६ भदौ, काठमाडौं ।

Advertisement

६ वटा किसान सङ्गठनहरूले संयुक्त विज्ञप्ति निकालेर उखु किसानहरूले चिनी मिलबाट पाउनुपर्ने बक्यौता तत्काल उपलब्ध गराउन माग गरेका छन् ।

उद्योगीहरूले वर्षाैँसम्म उखुको भुक्तानी नदिएर गरिब किसानहरूलाई समस्यामा पारेको भन्दै किसान सङ्गठनहरूले तत्काल भुक्तानीको व्यवस्था मिलाउन भनेका हुन् ।

Advertisement

यसअघि उखु किसानहरूले भुक्तानी माग्दै आन्दोलन गर्दा सरकारले समय नै तोकेर उखुको बक्यौता रकम दिने बताएको भए पनि अझै धेरै किसानहरूले रकम नपाएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा यसअघिको सरकारले जस्तो किसानको बक्यौता तिराउन आनाकानी गरेमा सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिँदै किसानको पसिनाको मूल्य उद्योगीबाट तिराउन भनिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top