भाजपा विदेश विभाग प्रमुख चौथाइवा र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

भाजपा विदेश विभाग प्रमुख चौथाइवा र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

६ भदौ, काठमाडौं ।

भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवा र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएकाे छ ।  चौथाइवाले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री  देउवासँग भेटघाट गरेका हुन् ।

भेटमा चौथाइवालेले प्रधानमन्त्रीमा नियुक्त भएकोमा देउवालाई बधाई दिएका थिए । देउवासँग भाजपा र नेपाली कांग्रेसको सम्बन्ध विस्तारबारे समेत छलफल भएको चौथाइवालेले ट्वीटमार्फत जानकारी दिएका छन् ।

केही दिन काठमाडौंमा रहँदा उनले अन्य राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । उनले आइतबारै कांग्रेस नेता एवं पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतसँग पनि भेटघाट गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.