प्रधानमन्त्री देउवासँग भाजपाका विदेश विभाग प्रमुखको शिष्टाचार भेट

प्रधानमन्त्री देउवासँग भाजपाका विदेश विभाग प्रमुखको शिष्टाचार भेट

७ भदौ, काठमाडौँ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भारतीय जनता पार्टी९भाजपा०का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले आज शिष्टाचार भेट गरेका छन् ।

आइतबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धका साथै दुई पार्टीबीचको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो ।

सो भेटमा सहभागी कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतका अनुसार कांग्रेस र भाजपाबीचको सम्बन्ध थप विस्तारका लागि आपसी भेट तथा पार्टीका क्रियाकलापहरू सक्रिय तुल्याउने विषयमा छलफल भएको थियो ।

दुई दलबीच हुने सहकार्य तथा भेटवार्ताहरूले आपसी दृष्टिकोण बुझ्न तथा आपसको सम्बन्ध थप सुदृढ गर्न मद्दत पुग्ने डा महतले बताए । सहमहामन्त्री डा महतको निमन्त्रणामा चौथाइवाले नेपाल आएका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.