लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिँदा एमाले सदनमा उपस्थित नहुने

७ भदाै, काठमाडौं।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले विश्वासको मत लिँदा प्रमुख प्रतिपक्ष दल एमाले सदनमा उपस्थित नहुने भएको छ।

मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने कार्यसूचि बनेको छ। प्रमुख प्रतिपक्ष सहभागी नभएको बैठकबाट सत्ता पक्षका सांसदले मुख्यमन्त्री केसीलाई विश्वासको मत दिने भएका छन्। साउन २८ मा केसी मुख्यमन्त्री बनेका थिए।

सभामुखले बैठकको कार्यसूचिबारे छलफल नै नगरेकोले छलफल नगरी बाेलाएकाे बैठकमा सहभागी नहुने एमाले सांसद बैजनाथ चौधरीले बताए ।

उनले भने ‘हामीले बैठकमा राख्ने कुरा पहिलो बैठकमा राखिसक्यौं। सभामुखले बैठक रोक्दै बोलाउँदै गर्नुभएको छ। किन बैठक रोकियो र किन बोलाइयो हामीलाई थाहा छैन। विना छलफल बोलाएको बैठकमा हामी सहभागी हुँदैनौं।’

एमालेले पार्टीले कारबाही गरेका दुई सांसदलाई पदमुक्त गर्न माग गर्दै सदन अवरुद्ध गर्दै आइरहेको छ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top