नेपाललाई पार्टी दर्ताबाट रोक्ने राष्ट्रपतिको प्रयास असफल

काठमाडौं : राष्ट्रपति विद्या देवी भण्डारीले माधव नेपाललाई बोलाएर दल दर्ता प्रक्रिया रोक्न र ओलीसँग मिलेर पार्टीलाई एकताबद्ध राख्न आग्रह गरेकी छिन् ।

सोमबार दुई घन्टाको भेटवार्तामा ओलीले बारम्बार आफूलाई पार्टीमा कुनै स्थान नरहेको बताएर विभाजनको नेतृत्व गरेको र आत्मालोचित हुने संकेत नदेखाएकाले फर्किने कुनै सम्भावना नरहेको माधवलाई प्रस्ट्याएका थिए ।

माधवले नयाँ पार्टी गठन प्रक्रिया अगाडि बढिसकेपछि २० प्रतिशत पुग्न नदिनका लागि मात्रै १० बुँदे सहमत्ति कार्यान्वयन गर्छु भन्दै ओलीले जालझेल गरेकाले आफूलाई अलिकति पनि विश्वास नरहेको धारणा राखेका थिए ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

Scroll to Top