भाजपा नेताको काठमाडौंमा दौडधुप

भाजपा नेताको काठमाडौंमा दौडधुप

काठमाडौं : नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख विजय चौथाइवाले उच्चस्तरीय राजनीतिक भेटघाटमा जुटेका छन् ।

नेपाली कँंग्रेसको निमन्त्रणामा आइतबार नेपाल आएलगतै उनले प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए ।

देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर चौथावाइले प्रधानमन्त्रीमा नियुक्त भएकोमा शुभकामना दिएका थिए । दुई नेताबीच कांग्रेस र भाजपाबीच संवाद बनाइराख्ने सहमत्ति भएको थियो ।

चौथावाइले प्रधानमन्त्री देउवासँगै कांग्रेसका नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महत्तसँग पनि भेट गरेका छन् । यस्तै चौथावाइले सोमबार नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट पुगेर भेटेका छन् । भेटमा नेपाल भारत सम्बन्ध थप अघि बढाउने विषयमा कुराकानी भएको थियो ।

सोमबार नै उनले लाकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतलाई भेटेका छन् ।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.