×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

कोभिडका नाममा स्थानीय तहको ‘मनपरी’

८ भाद्र २०७८

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले कोभिडको समयमा २४ हजार थान साबुन खरिद ग¥यो। तीमध्ये पाँच हजार दुई सय ६० वितरण भएको र एक सय ४४ वटा मौज्दात देखियो। तर, चार लाख ९० हजार मूल्यको १८ हजार पाँच सय ९६ थान साबुन ‘गायब’ छ।

महालेखाको ५८ औं प्रतिवेदनअनुसार स्थानीय तहमा कोभिड नियन्त्रण, क्वारेन्टाइन व्यवस्थापन, राहत वितरण र स्वास्थ्य सामग्री खरिदमा मनपरि गरेको पाइएको छ। प्रतिवेदनका अनुसार महोत्तरीको मटवानी नगरपालिकाले क्वारेन्टाइन व्यवस्थापनामा २४ लाख रुपैयाँ खर्च ग¥यो। जसमध्ये १८ लाख ५३ हजारको खरिद आदेश, माग फारम र दाखिला रिपोर्ट नै छैन।

Advertisement

झापाको मेचीनगर र अर्जुनधारा नगरपालिकाले कोभिड व्यवस्थापनको बजेटबाट सवारीसाधन मर्मत तथा भाडामा आठ लाख ८ हजार खर्च गरेको पाइएको छ। बाराको निजगढ नगरपालिकाले कोरोना कोषबाट आगलागी र बाढी पीडितका लागि दस लाख ६४ हजार खर्च गरेको छ। डोटीको बडीकेदार गाउँपालिकालगायत ९ स्थानीय तहले कोरोना नियन्त्रणका लागि कोषको परिचालन नगरी अन्य शीर्षकमा विनियोजित बजेटबाट चार करोड ५६ लाख ६५ हजार खर्च गरेका छन्। लुम्बिनी प्रदेशको रुन्तिगढी गाउँपालिकाले कोरोना महामारी रोकथाम तथा उपचारका लागि सोही नामको अर्को कोष खडा गरी १८ लाख ५८ हजार भत्तामा खर्च गरेको छ। जनकपुर नगरपालिकाले ‘खान नमिल्ने’ चामल राहतमा वितरण गर्न खोज्दा स्थानीयले फिर्ता गरिदिए। तर, बिल भर्पाइमा भने सडेको चामलको तीन लाख ९५ हजार रकम पनि नगरपालिकाको कोषबाट तिरेको उल्लेख छ।

Advertisement

महालेखाको प्रतिवेदनअनुसार बिनाकार्ययोजना प्रदेश १ का एक सय ३२ स्थानीय तहले एक अर्ब १४ करोड खर्च गरेका छन्। प्रदेश २ का एक सय ३६ स्थानीय तहले २ अर्ब ३३ करोड, बागमतीका ९८ स्थानीय तहले ९६ करोड ३७ लाख, गण्डकीका ८५ स्थानीय तहमा ६६ करोड ३९ लाख, लुम्बिनीका ९३ स्थानीय तहले १ अर्ब १० करोड, कर्णालीका ४७ स्थानीय तहले ६२ करोड ४० लाख र सुदूरपश्चिममा ७९ स्थानीय तहले ९० करोड बिनाकार्ययोजना खर्च गरेका छन्।, यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top