८ भदौ, काठमाडौं।
नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सभामुख अग्निप्रसाद सापकोटाले संसदीय अभ्यासको बर्खिलाप क्रियाकलाप गरेको आरोप लगाएका छन् ।
नेकपा एमाले स्थायी कमिटी बैठकपछि पत्रकार सम्मेलनमा उनले सभामुखमाथि पूर्वाग्रहपूर्ण गतिविधि गरेको आरोप समेत लगाए ।
सभामुखले कानुन नचिन्ने क्रियाकलाप गरेको आरोप समेत लगाए । उनले विगतमा टोपबहादुर रायमाझी, लेखराज भट्टको सांसद सदस्य रिक्त गर्दा र अहिलेको व्यवस्था फरक गरेको आरोप लगाए । उनले भने- के देशमा दुईवटा कानुन हो ? कि सभामुख होइन युद्धकालीन माओवादी भन्नुपर्यो ।
एमालेले आफुले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै आक्रोशित बन्दै आएको छ ।