प्रहरी हवल्दार ५ हजार घुससहित पक्राउ

९ भदाै, महोत्तरी ।

Advertisement

महोत्तरीको गौशालाबाट सशस्त्र प्रहरी बल सुरक्षा बेस रामनगरका प्रहरी हवल्दार पाँच हजार घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिएको टोली गौशाला नगरपालिका वडा नं. ४ बाट मङ्गलवार सशस्त्र प्रहरी बल सुरक्षा बेस रामनगरका सशस्त्र प्रहरी हवल्दार राजीव शरण साहलाई साे घुस रकमसहित पक्राउ गरेको हाे ।

Advertisement

हवल्दार साहले गौशालाका व्यापारीहरुसंग असुल गरेको रकमसहित गौशाला नगरपालिका–४ बिर्ता जाने बाटोबाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ ।

पक्राउ परेका साहलाई थप अनुसन्धानको लागि आयोगको कार्यालय बर्दिबास लगिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top