देउवा सरकार अझै अपूरै

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको डेढ महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

Advertisement

सर्वोच्च अदालतको गत २८ असारको फैसलापछि देउवा २९ असारमा प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । उनले सोही दिन आफ्नो पार्टीबाट दुई र नेकपा माओवादी केन्द्रबाट दुई जना मन्त्रीलाई शपथ दिलाएर पाँच सदस्यीय मन्त्रिमण्डल विस्तार गरेपछि पुनः एक जना स्वास्थ्यमन्त्रीलाई नियुक्त गरेका छन् । त्यसयता, उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेको छैनन् ।

आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा नै मन्त्रालयहरूले नेतृत्व नपाउँदा नियमितबाहेकका अन्य कार्य रोकिएका छन् । मन्त्रालयहरूका कर्मचारी मन्त्रीको पखाइमा रहे पनि लामो समय प्रधानमन्त्रीले मन्त्री चयन गर्न सकेका छैनन् ।

Advertisement

प्रधानमन्त्रीको सचिवालयले अब चाँडै मन्त्रिपरिषद्ले पूर्णता पाउने जनाएको छ । ‘प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषद् पूर्णता दिने विषयमा छलफल गरिरहनुभएको छ, अब चाँडै मन्त्रिपरिषद् विस्तार हुनेछ,’ उनको सचिवालयले भन्यो ।

प्रधानमन्त्री देउवा तथा मुख्य सत्ता घटक नेकपा माओवादी केन्द्रले नेकपा एमालेबाट विभाजित माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी गराउन चाहँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको कांग्रेस नेताहरूले बताएका छन् ।

Advertisement

नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिइसकेको छ भने आयोगले आज (बुधबार) सनाखतका लागि बोलाएको छ । प्रधानमन्त्री स्रोतका अनुसार एकीकृत समाजवादीले दलको प्रमाणपत्र पाउनेबित्तिकै मन्त्रिपरिषद् विस्तार गर्नेमा कांग्रेस र माओवादी केन्द्र छन् ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top