×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

काँग्रेस महाधिवेशन तयारी प्रारम्भ

९ भाद्र २०७८

नेपाली काँग्रेसले क्रियाशील सदस्यताको विषयमा गरिएको निर्णयलाई कार्यान्वयनमा लैजान छ जना नेतालाई जिम्मेवारी दिएको छ । सोअनुसार प्रदेश १ र २ को केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना र जीवन घिमिरे, बागमती र गण्डकी प्रदेशमा श्याम घिमिरे र प्रदीप पौडेल, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा जीवन परियार र योगेन्द्र चौधरीलाई जिम्मा दिइएको छ ।

क्रियाशील सदस्यता छानबिन गरी अन्तिम प्रतिवेदन पेस गर्न पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा डा. मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको कार्यदलले यसको कार्यान्वयनका लागि नेताहरूलाई जिम्मा दिने गरी सिफारिस गरेको हो । पार्टीका सहमहामन्त्री डा। प्रकाशशरण महतले क्रियाशील सदस्यताको विवाद समाधान भएपछि अब १४ औँ महाधिवेशन तयारी सुरु भएको बताए । अब क्रियाशील सदस्यताको नामावली पार्टीबाट गठित निर्वाचन समितिलाई बुझाउने र समितिले निर्वाचनको कार्यक्रम अघि बढाउने जानकारी उनले दिए ।

Advertisement

निर्वाचनको प्रक्रिया अघि बढाउन निर्वाचन समितिलाई क्रियाशीलको अन्तिम सूची उपलब्ध गराइने छ । पार्टीले यसअघि नै कानुनविद् महादेव यादवको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाइसकेको छ । समितिले आफ्नो काम प्रारम्भ गरिसकेको संयोजक यादवले जानकारी दिए ।

छानबिन समितिले गरेको निर्णयअनुसारको नामावलीमा कुनै परिवर्तन नगरिने बताइएको छ । साथै प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा पार्टीको उम्मेदवार भई निर्वाचित भएका कुनै नेता, कार्यकर्ताले क्रियाशील सदस्यता नपाएको अवस्थामा त्यस्ता व्यक्तिले निर्वाचित भएको प्रमाणसहित माग दाबी गरेमा क्रियाशीलको सूचीमा नाम समावेश गर्ने र त्यस्तो व्यक्तिलाई केन्द्रले सदस्यता दिने सिफारिस छानबिन समितिले गरेको छ ।

बाराको विवादित ११६ वटा फाराम र सोलुखुम्बुको ५१५ नामावलीलाई पार्टीको १४ औँ महाधिवेशन प्रयोजनका लागि स्थगित गर्ने र महाधिवेशनपछि प्रक्रिया पु-याई सदस्यता दिन छानबिन समितिले पार्टीलाई सिफारिस गरेको छ ।

यस्तै सप्तरीको प्रतिनिधि सभा क्षेत्र १, २, ४ र बाराको प्रतिनिधि सभा क्षेत्र १ र ४ को नयाँ क्रियाशील सदस्यता १४ औँ महाधिवेशनका लागि स्थगन गरी महाधिवेशनपछि प्रक्रिया पु-याई सदस्यता प्रदान गर्न सिफारिस गरिएको छ तर धनुषाको प्रतिनिधि सभा क्षेत्र ४ र सर्लाहीको क्षेत्र २ को विषयमा भदौ १२ गतेभित्र निर्णय गरिने भएको छ ।

साथै कुनै पनि वडामा १३ औँ महाधिवेशनको क्रियाशील सदस्य सङ्ख्याभन्दा समायोजनको क्रियाशील सदस्यता बढी भएमा बढी भएजति १४ औँ महाधिवेशनका लागि स्थगित गरी महाधिवेशनपछि प्रक्रिया पु-याएर सदस्यता दिइने छ ।

Advertisement

समायोजन समितिले केन्द्रबाट प्रक्रिया पु-याई क्रियाशील सदस्यता दिन जिल्लामा पठाएको नामावलीमा नाम परिवर्तन गरेको भए त्यस्तो नाम हटाउन पनि छानबिन समितिले सिफारिस गरेको छ ।, यो समाचार गोरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top