पार्टीलाई ओलीले आफ्नो निजी कम्पनी ठानेकाले विभाजन भयाे: माधव नेपाल

काठमाडौं : एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू केपी ओली प्रवृत्तिविरुद्ध विगतदेखि जुध्दै आएको र अहिले ओली दक्षिणपन्थी शक्तितिर लागेपछि नयाँ पार्टी गठन गर्नुपरेको बताएका छन्। उनले दक्षिणपन्थी शक्तिहरूसँग ओलीको साँठगाँठ भएकाले पार्टी पुनर्गठन गर्नुपरेको प्रष्ट्याए। ओलीले पार्टी एकताका सबै ढोका बन्द गरेको आरोप पनि नेपालले लगाए।

Advertisement

चन्द्रागिरि हिल्समा केन्द्रीय सदस्यहरूसँगको छलफलका क्रममा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले एमालेभित्र दक्षिणपन्थी र क्रान्तिकारी गरी दुई धार देखिएको बताए। क्रान्तिकारी धार लोकतान्त्रिक वामपन्थी शक्तिहरूसँग एकताबद्ध भएर अघि बढ्ने पक्षमा रहेको तर दक्षिणपन्थी धारको नेतृत्व गरेका पार्टी अध्यक्ष ओली बाधक बनेको बताए।

ओलीले पार्टीभित्रको क्रान्तिकारी धारलाई समाप्त पारेको आरोप उनले लगाए। ‘यसक्रममा दक्षिणपन्थी शक्तिहरूसँग उहाँ (ओली)को साँठगाँठ बढ्न थाल्यो। यसैक्रममा विभिन्नखालका दक्षिणपन्थी तत्वहरू, समूहहरूसँग उहाँको गठबन्धन भयो। यसले गर्दा पार्टीभित्र दुईवटा धार देखिए। एउटा दक्षिणपन्थी धार देखियो भने अर्को क्रान्तिकारी धार देखियो। एउटा लोकतान्त्रिक वामपन्थी शक्तिहरूसँग एकताबद्ध भएर जाने, अर्को दक्षिणपन्थीसँग सम्झौता गरेर जाने। उहाँ पार्टीभित्रको क्रान्तिकारी धारलाई समाप्त पार्ने सोचमा हुनुहुन्थ्यो, हुनुहुन्छ’, नेपालले भने।

Advertisement

नेपालले सर्वोच्च अदालतको फैसलाले गर्दा मुलुकमा बेग्लै अवस्था उत्पन्न भएको र नेकपा विभाजित भएको बताए। ओलीले एकलौटी पार्टी कब्जा गर्न खोजेका कारण मुलुकमा समस्या आएको नेपालको भनाइ थियो। ओलीकै कारण पार्टी विभाजन हुने अवस्था आएको पनि उनले बताए। पार्टीलाई ओलीले आफ्नो निजी कम्पनीका रूपमा ठानेकाले पनि समस्या भएको उनको टिप्पणी थियो।

‘फागुन २८ गतेपछि उहाँ (ओली) ले चालेका कदमहरू पार्टी एकतामा बाधक भए। उहाँले उहाँलाई मत नदिएका वा उहाँको प्रशंसा नगर्ने, उहाँलाई ‘बा’ नभन्ने, उहाँको पूजक नहुने सबैलाई शत्रु, विरोधी ठान्न पुग्नुभयो। पार्टीलाई आफ्नो निजी कम्पनी ठान्नुभयो। फलस्वरूप पार्टीमा ठूलो समस्या खडा भयो’, नेपालले भने, ‘जसरी दोस्रो महाधिवेशनमा केशरजङ रायमाझी हुँदाहुँदै त्यो पार्टी रूपान्तरण हुन सक्दैनथ्यो, पुष्पलालले पार्टीबाट विद्रोह गर्नुभयो। पुष्पलालले बेग्लै पार्टी निर्माण गर्नुभएपछि हामी पनि सहभागी भएका थियौं।

Advertisement

पछि हामीले पनि विद्रोह गर्‍यौं। विद्रोह गरेपछि नेकपा कोअर्डिनेसन, नेकपा माले, एमाले बनाउँदै देशको प्रमुख राजनीतिक शक्तिका रूपमा उभ्याउने काम हामीले नै गर्‍यौं। नयाँ इतिहास कायम गर्‍यौं।’ नेपालले एमालेभित्र अहिले २०७५ जेठ २ गतेलाई आधार बनाएर गरिएको एकता प्राविधिक मात्रै भएको बताए। ‘२०७५ जेठ २ मा फर्कने टेक्निकल कुरामात्र हो। यो एउटा बहाना पाउने र छिर्नेमात्र हो।

बहाना पाएर छिर्ने होइन, पार्टीको क्रान्तिकारीकरण गर्ने हो, पार्टीको रूपान्तरण गर्ने हो। तर केपी ओलीको नेतृत्वमा त्यो सम्भव छैन भनेर हामीले देख्यौं’, उनले भने। नेता नेपालले फागुनमा प्रतिनिधिसभा पुनस्र्थापना भएपछि फरक ढंगले अघि बढ्न सकिन्थ्यो तर सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग बनाएपछि परिस्थिति झन् बिग्रेको बताए। ‘पहिलो पटक २०७७ पुस ५ गतेको विघटनलाई सर्वोच्च अदालतको फागुन ११ को फैसलाले अस्वीकार गरेपछि र संसद् पुनस्र्थापना भैसकेपछि नयाँ ढंगले अघि बढ्ने अवस्था थियो।

त्यहींबेलामा फेरि फागुन २३ गते नेकपालाई दुईतिर बनाएपछि नयाँ परिस्थिति उत्पन्न भएको थियो’, उनले भने, ‘यो परिस्थितिमा हामीले पार्टी एकताका लागि धेरै समय कुर्दाकुर्दै पनि नभएपछि, दोस्रोपटक विघटन गरिसकेपछि संसद् जोगाउन हामीले पार्टीभित्र पनि विद्रोहको आवाज बुलन्द गर्याैं। संसद्लाई फेरि पुनस्र्थापना गर्ने सन्दर्भमा संसद्भित्रका सबै दल एकताबद्ध बन्यौं।’,याे समाचार नागिरक दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top