बादलसहित पूर्व-माओवादी नेताको जिम्मेवारी फेरिँदै

९ भदौ, काठमाडौँ ।

दश बुँदे सहमति कार्यान्वयन सुरु भएसँगै नेकपा विभाजनपछि एमालेमा लागेका रामबहादुर थापा ‘बादल’सहित पूर्वमाओवादी समूहका नेताहरूको जिम्मेवारी हेरफेर हुने भएको छ ।

एमालेको केन्द्रदेखि वडा तहसम्मको संरचना २ जेठ २०७५ को सांगठनिक संरचनामा फर्किएका कारण बादलसहित पूर्वमाओवादी नेताहरूले पाएको जिम्मेवारीमा पनि फेरबदल हुने निश्चित भएको हो ।

स्थायी कमिटी सदस्य किरण गुरुङले एमालेमा नेता–कार्यकर्ताले पूर्वअवस्थाको जिम्मेवारी पाउने निश्चित भएकाले पार्टी विभाजनपछि एमालेमै रहेका पूर्वमाओवादीका नेताहरूको जिम्मेवारीमा हेरफेर गरिने बताए । एमालेमै रहेका उनीहरूलाई सम्मानजनक रूपमा नयाँ जिम्मेवारी दिइनेछ ।

‘अब प्रदेश समन्वय कमिटी पूर्ववत रुपमा (तत्कालीन एमालेको) संयोजक र सहसंयोजक रहेको संरचनामा फर्किन्छ, त्यसपछि आवश्यकताका आधारमा पार्टीले इन्चार्ज, सहइन्चार्ज राख्ने कि नराख्ने नयाँ निर्णय गर्छ,’ गुरुङले भने, ‘जिल्लाको हकमा पनि पूर्ववत संरचनाबाटै पार्टी क्रियाशील हुन्छ तर विभाजनतिर लागेर रिक्त हुने स्थानमा नयाँ निर्णय हुनेछन् ।’

एमालेको संस्थापन पक्षले पार्टी विभाजनपछि एमालेमा लागेका बादललाई बागमती, लेखराज भट्टलाई सुदूरपश्चिम इन्चार्ज बनाएको थियो । त्यस्तै, टोपबहादुर रायमाझीलाई मोर्चाफाँट इन्चार्ज, प्रभु साहलाई प्रदेश २ को संयोजक तथा मणि थापालाई सांस्कृतिक फाँट इन्चार्ज बनाएको थियो ।

सचिव भीम आचार्यले दश बुँदे सहमति कार्यान्वयन गर्ने निर्णयसँगै नेकपाको विभाजन र एमाले ब्यूँतिएपछि एकलौटी रूपमा गरिएका सवै निर्णयलाई प्रतिस्थापन गरेको बताए । ‘यसअघिका सबै निर्णय प्रतिस्थापित भएको छ, अब आवश्यकताको सिद्धान्तअनुसार नयाँ निर्णय हुनेछन्,’ उनले भने ।

त्यस्तै, दश बुँदे सहमतिअनुसार १० प्रतिशत नयाँ केन्द्रीय सदस्य थपिनेछन् । केन्द्रीय सदस्य थप्ने, केन्द्रीय निकाय र विभागलाई पूर्णता दिन तथा आवश्यकताअनुरूप पुनर्गठनका लागि स्थायी समितिले ६ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा उपाध्यक्ष भीमबहादुर रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र घनश्याम भूषाल तथा स्थायी समिति सदस्यहरु सुरेन्द्र पाण्डे र लेखराज भट्ट सदस्य तोकिएका छन् ।

बैठकले २३ फागुनयता संस्थापन पक्षले गरेको एकलौटी निर्णय प्रतिस्थापन गर्दै महाधिवेशन तयारीसम्बन्धि सबै निर्णय फेरबदल गरेको छ । जसअनुसार यसअघि २७ र २८ भदौका लागि तोकिएको विधान महाधिवेशन असोजको ४, ५ र ६ गते गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, आगामी ४ र ५ मंसिरका लागि तोकिएको दशौं महाधिवेशन १०, ११ र १२ मंसिरमा गर्ने निर्णय स्थायी कमिटी गरेको छ । असोज पहिलो साता तोकिएको वडा र पालिका तहको अधिवेशन ६ र ८ कात्तिकमा गर्ने निर्णय भएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top