डा. केसीको स्वास्थ्य गम्भीर बन्दै, औषधि पनि खान मानेनन्

२५ असार ७५, मंगलबार

जुम्लाः जुम्लामा १० दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

Advertisement

उनले अत्यावश्यक औषधिसमेत खान नमानेका कारण अवस्था जटिल बन्दै गएको समाचार आजको नयाँ पत्रिकामा खबर छ ।अहिले संक्रमणबाट बचाउन स्पेसल केयर युनिटमा राखेर निगरानी मात्र गरिएको डा. प्रवीणकुमार गिरीले बताए ।

‘डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन प्रतिकूल बन्दै गएको छ, बचाउनका लागि जुनसुकै वेला आइसियू आवश्यक पर्न सक्छ,’ डा. गिरीले भने, ‘तर, जुम्लामा तत्काल यो सम्भव छैन ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top