अफगानिस्तानको उद्धार कार्य समय सीमाभित्रै सक्नुपर्छ : राष्ट्रपति बाइडेन

९ भदाै, काबुल ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले करिब दुई हप्तादेखि अफगानिस्तानमा जारी रहेको आफ्ना र अन्य नेटो गठबन्धन राष्ट्रका नागरिकको उद्धारकार्यलाई समय सीमाभित्रै सक्नुपर्ने बताएका छन् ।

सोही बमोजिम अमेरिकाले काम गरिरहेको पनि उनले जानकारी दिएका छन् । उनले मङ्गलवारको एक सम्बोधनमा सो कुरा बताएका हुन् ।

अमेरिकाले एक्लै र उसका नेटो गठबन्धन देशले पनि यस कार्यलाई निरन्तरता दिएको र आगामी अगष्ट ३१ को समय सीमाभित्र सम्पन्न भइसक्ने आफ्नो विश्वास रहेको पनि उनले दोहोर्‍याएका छन् ।

आवश्यक परेमा उडानको सङ्ख्यामा वृद्धि गरिएको जानकारी उनले दिए। उनले भने, आवश्यकताको आधारमा पछिल्ला केही दिनमा उडानको सङ्ख्या थपिएको छ र आवश्यक कागजपत्र भएका सबै मानिस अफगानिस्तानबाट बाहिरिन पाउने छन् ।

यस प्रयोजनका लागि तालिबानको सहयोगको भने उनले अपेक्षा गरिएको बताए । अमेरिकाले आगामी हप्ता उद्धार मिसन सम्पन्न गर्ने तयारी गरेको तर यसमा तालिबानको सहयोग कस्तो रहन्छ त्यसमा पनि भर पर्ने उनले बताए ।

यस कार्यमा यदि कुनै प्रकारको समस्या उत्पन्न भएमा के कस्तो तयारी गर्ने भन्ने बारेमा आफूले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई निर्देशन दिएको जानकारी पनि सो सम्बोधनका क्रममा उनले दिए ।

जति चाँडो यो उद्धार कार्य सम्पन्न हुन्छ त्यति नै राम्रो हुने राष्ट्रपति बाइडेनले बताए । अहिलेसम्म आफूले लिएको उद्धार मिसनमा कुनै असर नपारेको पनि उनले बताएका छन् ।

उता तालिबान लडाकुले भने उद्धार कार्य समय सीमा थप्न नसकिने बताउँदै आएका छन् । तर पनि त्यहाँबाट विदेशी मानिसलाई बाहिर निस्कन तालिबानले सहयोग गरिरहेको बताइएको छ ।

जसका कारण काबुल विमानस्थल अहिले पनि अव्यवस्थित भीड र भागदौडका कारण अझै पनि अस्तव्यस्त रहेको भने रहेको बताइएको छ ।

यहाँ अफगानभन्दा पनि बढी त विदेशी नागरिकको ठूलो भीड लागेको छ । अफगानिस्तानको सत्तामा तालिबान आएपछि एकै पटक हजारौँ मानिसले देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठूलो भीड लाग्ने गरेको छ ।

गत अगस्ट १५ मा तालिबानले सत्ता कब्जामा लिएपछि यहाँको विमानस्थलमा भीड लागेको संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रले बताउँदै आएका छन् ।

यता नेटो सैन्यआवद्ध गठबन्धन देशले जारी राखेका उद्धार उडानमा जान प्रयास गरिरहेका मानिसका कारण यहाँ भीड लागेको र ठूलो सङ्ख्यामा मानिस आफ्नो देश फर्किन सङ्घर्ष गरिरहेका छन् । रासस/एएफपी

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top