×

NEPAL TIMES UPDATES

Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026

खोपका लागि भण्डारण क्षमता बढाइँदै

९ भाद्र २०७८

९ भदाै, काठमाडाैँ ।

स्वास्थ्यसेवा विभागले खोप भण्डारण क्षमता बढाउने भएको छ । मोडर्ना र फाइजर खोपका लागि बढी चिस्यान चाहिने भएकाले भण्डारण क्षमता बढाउन लागेको विभागको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ । शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले सामान्य तापक्रममा खोप राख्नका लागि १९ वटा वाकिङ कुलर तथा बढी चिस्यानमा राख्नका लागि ‘अल्ट्रा कूल चेन’ र ‘सुपर कूल चेन’ को भण्डारण क्षमता बढाउन थालिएको बताए ।

Advertisement
Advertisement

नियमित रुपमा खोप आइरहेकाले त्यसलाई राख्नका लागि भण्डारण क्षमता बढाउन थालेको विभागले जनाएको छ । नेपालमा लक्षित सबै वर्गलाई लगाउनका लागि कूल पाँच करोड २२ लाख मात्रा खोप ल्याउने तयारी रहेको छ । तीमध्ये अहिलेसम्म एक करोड २० लाख मात्रा खोप नेपाल आइसकेको छ ।

“मोडर्ना र फाइजर खोप बढी चिस्यानमा राख्नुपर्ने हुन्छ” उनले भने, “त्यसैले ती खोपलाई आवश्यक तापक्रम अनुसारको भण्डारण क्षमता बनाइने छ ।” ती खोपका लागि आगामी अक्टोबर महिनासम्म भण्डारण क्षमता विस्तार गरिसक्ने उनको भनाइ छ ।

मोडर्नालाई १५ देखि २५ डिग्री सेल्सियस र फाइजरलाई ७० देखि ८० डिग्री सेल्सियस तापक्रम आवश्यक पर्दछ । मोडर्नाका लागि सुपर कूल चेन र फाइजरका लागि अल्ट्रा कूल चेनका भण्डार आवश्यक पर्दछन् । कोभिड–१९ खोप विज्ञ सल्लाहकार समूहका संयोजक डा. श्यामराज उप्रेतीले सामान्य तापक्रमका लागि भण्डारण गर्ने क्षमता नेपालमा भएपनि अत्यधिक चिसोमा राखिने खोपका लागि भण्डारण क्षमता नभएकाले बनाउन थालिएको बताए ।

फाइजर खोप ७० देखि ८० डिग्रिसेल्सियस तापक्रममा ६ महिनासम्म राख्न सकिन्छ । त्यसपछि दुई हप्तासम्म १५ देखि २५ डिग्री सेल्सियसमा राखेर एक महिनासम्म दुई देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्ने सकिने उनको भनाइ छ ।

उनले मोडर्ना र फाइजर खोप बाहिरबाट ल्याएर काठमाडौँमा मात्र भण्डार गर्न सकिने बताए । “ती दुई खोप यहाँ मात्र भण्डार गर्ने र यहाँ राखिसकेपछि मात्र प्रदेशमा पठाउने व्यवस्था गर्नुपर्दछ” उनले भने, “ती दुई खोप राख्नका लागि त्यही अनुसारको तापक्रमको भण्डारण बनाउने तयारी भइरहेको छ ।”

मोडर्ना र फाइजर दुवै खोप अमेरिकाबाट ल्याइने भएको छ । फाइजर खोप १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने भएको छ । मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्रा खोप पुस महिनाभित्रमा ल्याइने सरकारको तयारी छ ।

अहिले आएका भेरोसेल र कोभिशिल्ड खोपका लागि दुई देखि ८ डिग्री सेल्सियस तापक्रम आवश्यक पर्दछ । उनले अहिलेसम्म भेरोसेल र कोभिशिल्ड खोप मात्र भण्डारण गर्नुपर्ने र त्यसलाई एकै तापक्रममा राखिन सक्ने भएकाले समस्या नभएको उनले बताए ।

कोभिशिल्ड भन्दा भेरोसेल खोपले भण्डारणका लागि धेरै ठाउँ ओगटने गरेको आपूर्ति शाखाका प्रमुख ढुङ्गानाले बताए । उनका अनुसार एक करोड लाख मात्रा कोभिशिल्ड खोप राख्ने क्षमतामा दश लाख मात्र भेरोसेल खोप राख्न सकिन्छ । भेरोसेल खोपको प्याकेजिङ ठूलो भएकाले धेरै ठाउँ ओगट्ने गरेको पाइएको छ ।

अहिले खोपलाई विभागकै भण्डारणमा राखेर प्रदेशमा पठाइने गरिएको छ । सरकारले असोज मसान्तसम्म एक करोड दुई लाख मात्रा र आगामी चैतसम्म तीन करोड २३ लाख मात्रा खोप अनुदान र खरिद गरेर ल्याउने तयारीमा छ ।

Advertisement

शरद शर्मा /रासस

भर्खरको समाचार

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

सम्बन्धित खबरहरु

Scroll to Top