क्रियाशील सदस्यको नाम सार्वजनिक गर्न देउवामाथि पौडेलको दबाब

९ भदौ, काठमाडौँ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् । वरिष्ठ नेता पौडेलले क्रियाशील सदस्यता वितरणमा त्रुटि भए सच्याउने अवसर प्रदान गर्न पनि पार्टी नेतृत्वले त्यसको सार्वजनिक गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्नुपर्ने मुख्य माग राख्दै पार्टीका जिल्ला सभापतिहरुले धर्ना दिईरहेका छन् । सोही धर्ना कार्यक्रममा ऐक्यवद्धता जनाउन बुधबार पार्टी केन्द्रिय कार्यालय सानेपा पुगेका वरिष्ठ नेता पौडेलले युद्धस्तरमा काम गरेर भएपनि पार्टीको क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न सभापति देउवासँग माग गरे। उनले पार्टीको वैधानिक संकट आउन नदिन आगामी भदौं १८ गते वडा अधिवेशन सम्पन्न हुने गरी युद्धस्तरमा काम अगाडि बढाउन पनि पार्टी नेतृत्व गम्भिर हुनुपर्ने दोेहो¥याए । वरिष्ठ नेता पौडेलले भने, ‘युद्धस्तरमा अहोरात्र खटिएर क्रियाशील सदस्यहरुको नामावली टुंग्याएर पार्टीलाई बैधानिक संकटबाट बचाउन पर्दछ । संवैधानिक संकटबाट नेपाली काँग्रेसलाई बचाउनुपर्ने अहिले आवश्यक्ता भएको छ । तपाईहरु सबैलाई थाहै छ–मैल त २०७७ साल मंसीर २८ गतेबाट सुरु भएको महासमिति बैठकदेखि नै कार्यतालिका बनाएर महाधिवेशन गरौं भन्दा मानिएन । अहिले संकट यसरी आएको छ । तर यो अन्तिम घडीमा पनि पार्टीको वैधानिक संकटलाई निवारण गर्न हाम्रो केन्द्रिय नेतृत्व इमान्दार भएर, हामी सबै ईमान्दार भएर लागौं । र हाम्रो पार्टीलाई बचाउन काममा सबै एक होऊ ।’

वरिष्ठ नेता पौडेलले पार्टीको महाधिवेशन समयमै सम्पन्न गर्न आफूले प्रयास गरिरहे पनि पार्टी नेतृत्वले सुनुवाई नगरेको गुनासो पनि गरे । उनले पार्टी नेतृत्व इमान्दार भए अझै पनि तोकिएकै समयमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न गर्न सकिने विश्वास पनि व्यक्त गरे।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top