सरकारले नै विकासका काम रोक्योः ओली

९ भदौ, काठमाडौँ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले कामै नगर्ने दावी गरेका छन् । बुधबार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा पत्रकार सम्मेलन गरी उनले आफू नेतृत्वको सरकारलाई कामै गर्न नदिएको दावी गर्दै वर्तमान सरकार आफैले विकास निर्माणको काम ठप्प पारेको बताए ।

अध्यक्ष ओलीले दीर्घकालीन खालका आयोजनाहरुको काम अघि नबढाउन सरकारले परिपत्र गरेको उल्लेख गर्दै आक्रोश समेत व्यक्त गरे । उनले मेलम्ची खानेपानीको आयोजना आगामी बैशाख भित्र काठमाडौं ल्याउने कुरा गरेपनि सरकारले सोही अनुसारको काम अघि बढाउन नसकेको पनि स्पष्ट पारे। अध्यक्ष ओलीले भने, ‘हिजो सरकारलाई काम गर्न दिईएन । काम गर्न पाएन धेरै । अहिलेको सरकार कामै गर्दैन । नकाम मात्रै गर्छ । भत्काउने काम गर्छ, बिगार्ने काम गर्छ । दिर्घकालीन आयोजनाहरु रोक्नु भनेर सरकारले परिपत्र गरेको छ । पुनर्निर्माण प्राधिकरणले काम गर्दै थियो । त्यसका ईन्जिनियरहरुलाई तलवको समेत व्यवस्था गरिएको छैन । पुनर्निर्माणको काम जहाँ पुगेकोछ, त्यही ठप्प छ । विकास, निर्माणको काम ठप्प भएको छ । जुन कामको ठेक्का लागेको थियो, ती कामहरु मात्रै चालु छन । अरु नयाँ कामहरु हुनेवाला छैन । ठेक्का लाग्ने वाला पनि छैन । मेलम्चीको पानी बैशाखसम्म काठमाडौं आउने भनिएको छ । तर त्यो पानी पनि आउने वाला छैन । किनभने गफले पानी आउँदैन, कामले पानी आउने हो ।’

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top