छानविन समितिकाे प्रतिवेदनप्रति अल्मुताइरीकाे असन्तुष्टि, राजीनामा दिने संकेत

९ भदाै, काठमाडौं ।

Advertisement

नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङकाे विवादबारे छानबिन गर्न गठित समितिले बनाएकाे प्रतिवेदन प्रति प्रशिक्षक अल्मुताइरीले असन्तुष्टि जनाएका छन् ।

राष्ट्रिय खेलकुद परिषदले बनाएको छानविन समितिले बुधबार प्रतिवेदन दिए लगत्तै उनले एक लाइनको स्टाटस लेख्दै आफ्नो असन्तुष्टि पोखेका हुन् ।

Advertisement

राखेपको प्रतिवेदनमा समितिले मुख्य प्रशिक्षक अल्मुताइरीलाई विवाद सिर्जना हुने गतिविधि नगर्न सचेत गराउन सिफारिस गरेको थियो ।  प्रतिवेदनमा अल्मुताइरीकै आचरणमाथि प्रश्न उठाइएको छ । लगत्तै फेसबुकमा अल्मुताइरीले लेखेका छन्, ‘आइ एम आउट …. लेट पोलिटिक्स वर्क’ । (म बाहिर भएँ, राजनीतिलाई काम गर्न दिऊँ) ।

Advertisement

केही समयअघि अल्मुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्षनेम्वाङलाई आरोपित गर्दै राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेका थिए । त्यसपछि विवाद बढेको थियो ।

एन्फाले विवाद सुल्झाउन नसकेर राखेपको जिम्मा लगाएको थियो । राखेपले यस विषयमा गठन गरेको छानविन समितिले आज प्रतिवेदन दिएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top