जी–७ का नेता भन्छन् – अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु नैतिक दायित्व

९ भदाै, ब्रसेल्स ।

Advertisement

अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु आफूहरूको नैतिक कर्तव्य भएको (जी–७) का नेताको भनाइ रहेको छ ।

युरोपेली आयोगका अध्यक्ष अर्सुला भोन डेर लियानले सो कुरा बताएका हुन् । उनले भने, यति बेला अफगानिस्तान निकै अप्ठेरो अवस्थामा छ, त्यहाँका नागरिक समस्यामा परिरहेका छन् त्यसैले यस्तो बेलामा उनीहरूलाई सहयोग गर्नु हाम्रो नैतिक दायित्व हो ।

Advertisement

उनका अनुसार यसका लागि युरोपियन युनियन आबद्ध सबै राष्ट्र एकताबद्ध भएका छन् । उनीहरूले यस्तो अवस्थाको अफगानिस्तानलाई हामीले सहयोग गर्नुपर्छ भन्ने छ ।

उनले भने, यो विश्वकै चासोको तथा दायित्वको कुरा हो र हामी युरोपेली युनियनमा आबद्ध देश पनि यसमा प्रतिबद्ध छौँ ।उनले युरोपियन युनियनले अफगानिस्तानका लागि मानवीय सहायता लगायतको सहयोगको प्रस्ताव पनि गर्नेछ । यसका लागि युनियनले बजेट छुट्याउने पनि उनले जानकारी दिए ।

Advertisement

हाल अफगानिस्तानलाई त्यहाँका सशस्त्र विद्रोही समूह तालिबानले कब्जामा लिएका छन् । जसका कारण त्यहाँबाट पश्चिमा राष्ट्रका कर्मचारी, सेना तथा सहायताकर्मी सङ्घसंस्था पनि बाहिरिएका छन् । रासस/एएफपी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top