काठमाडौंमा भेरोसेल खोपको दोस्रो मात्रा भोलिदेखि लगाईंदै

१० भदाै, काठमाडौं।

सरकारले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा यही भदौ भोलिदेखि १३ गतेसम्म काठमाडौँ जिल्लामा लगाउने भएको छ ।

तीन दिन भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिन थालेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगएका ५० वर्ष वा सोभन्दामाथि उमेरका समूहका सबैलाई दोस्रो मात्रा दिइने छ । यस्तै विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक यातायातका चालक र सहचालकले पनि खोप पाउने छन् ।

सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा खोप अनिवार्य गरिएका देशमा जाने नेपालीलाई पनि भेरोसेलको दोस्रो मात्रामा खोप दिइनेछ । भेरोसेलको पहिलो मात्रा लगाएका र यसअघिका छुटेका अन्यलाई पनि खोप दिइनेछ ।

काठमाडौँका सबै स्थानीय तहमा १४६ खोप केन्द्रका राखिएको छ । यस्तै काठमाडौँ महानगरपालिकामा बस्न सर्वसाधारणलाई मध्यनजर गर्दै थप आठ खोप केन्द्र थपिएका छन् ।

जसअनुसार राधास्वामी आइसोलेसन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पताल रहेका छन् ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top