पाँच वटा प्रदेशका केही ठाउँमा चट्याङ्गसहित पानी पर्ने

१० भदौ, काठमाडौं ।

Advertisement

आज प्रदेश–१, प्रदेश–२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ ।

मौसमविद् सजिना शाक्यका अनुसार अहिले पनि वाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

Advertisement

आज राति पनि धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताए । हिजोदेखि मनसुन थप सक्रिय भएको र दिउँसो भन्दा राति ठूलो पानी पर्ने सम्भावना रहेको उनको भनाइ छ ।

अबको केही दिन प्रदेश–१, प्रदेश–२, वाग्मती, गण्डकी तथा लुम्बिनीसँगै सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही ठाउँमा पनि धेरै वर्षाको सम्भावना रहेको मौसमविद् शाक्यले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top