उपत्यकामा नियमित अनुगमन

१० भदौ, काठमाडौं ।

कोभिड–१९ महामारीको सङ्क्रमण घटाउन काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले अनुगमन कार्यलाई तीव्रता दिने भएका छन ।

गत वैशाख १५ बाट उपत्यकामा जारी परिमार्जित निषेधाज्ञा भदौ १६ सम्म लम्बिएसँगै अनुगमनमा तीव्रता दिइएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बजार व्यवसाय तथा सार्वजनिक सेवाको अनुगमनलाई नियमित र तीव्र पारिने बताए

उनले स्वास्थ्य मापदण्डकोa प्रभावकारी पालना नभई सङ्क्रमण बढ्न गएमा कुनै पनि बेला कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश पूर्ण रूपमा लागू हुन सक्नेप्रति सतर्क र सजग गराउँदै सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षाकर्मीसहित नियमित तथा आकस्मिक अनुगमन भइरहेको बताए ।

त्यस्तै उनले सार्वजनिक यातायात, उद्योग व्यवसाय, बजार, बस्ती, पसल, सडक, चोकलगायतका क्षेत्रमा मास्क प्रयोग अनिवार्य, सेनिटाइजर र भौतिक दूरीलगायत स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालनामा विशेष जोड दिइएको जानकारी दिए ।

घरबाहिर निस्कँदा मास्क प्रयोगसँगै सडक फुटपाथदेखि घरपसल तथा सार्वजनिक स्थानमा दुई व्यक्तिबीच दुई मिटरको भौतिक दूरी अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले विशेष किसिमको सभा तथा सम्मेलन गर्नु परेमा हल तथा कोठाको आकारअनुसार २५ जनाभन्दा बढी भेला नहुने गरी औपचारिक छलफल, गोष्ठी र परीक्षा सञ्चालन गर्न सकिने बताए ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख हरिबहादुर पालले कोभिड–१९ नियन्त्रण अनुगमनका क्रममा मास्क प्रयोग र भौतिक दूरी पालना नगर्नेविरुद्ध कारबाही नै सुरु गरेको बताए ।

मास्क नलगाउनेलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ भने भौतिक दूरी पालना नगर्ने व्यापार व्यवसाय सञ्चालक तथा ग्राहकलाई सचेत गराइएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top